२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेप्से १० अंकले झर्‍यो


0
Shares

यसदिन पनि नेप्से १० अंकले झरेर १३ सय १८ मा आएर थामियो ।

उत्पादनमूलक र व्यापार समूहबाहेक अरु सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ६२ अंकको गिरावट आयो ।

लघुवित्त समूहमा पनि ३३ अंकको कमी आयो । विकास बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले ओरालो लागे । अरु समूह सामान्य अंकले रातो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका ८ लाख ८ हजार कित्ता सेयर जम्मा ३८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।