
बिहीबार दिउँसो नुहाउनेक्रममा बगनासकाली गाउँपालिका–६, यम्घानजिकैको कालीगन्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
परियारसँगै बेपत्ता भएका २४ वर्षीय चन्द्रबहादुर परियारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
कुलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको थियो ।
सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई उद्धार गरिएको थियो ।
उद्धार गरिएको दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्