एएफसीद्वारा एन्फालाई फुटबल विकासका लागि एक करोड ३० लाख सहयोग • Image Khabar Image Khabar


एएफसीद्वारा एन्फालाई फुटबल विकासका लागि एक करोड ३० लाख सहयोग


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार २०:३२

एएफसीद्वारा एन्फालाई फुटबल विकासका लागि एक करोड ३० लाख सहयोग

एन्फाका नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाको टोलीलाई एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा स्वागत गर्दै एएफसीले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको हो ।

सम्झौतापत्रमा एएफसीका महासचिव दातो विन्डसोर जोन र एन्फाका महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन् ।

एएफसीले ‘ग्रासरुट’ क्षेत्रको विकास र प्राविधिक क्षेत्र विकासका लागि भन्दै सहयोग गरेको एन्फा महासचिव तुलाधरले जानकारी दिए ।

एएफसीले सन् १९७१ देखिको आफ्नो सदस्य राष्ट्र नेपाली फुटबल विकासका लागि सक्दो सहयोग गर्ने वचन दिएको छ ।

एएफसीले नेपालमा चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग हुन लागेकामा पनि खुसी व्यक्त गरेको एन्फाले शुक्रबार जनाएको छ ।

एन्फाबाट अध्यक्ष शेर्पासँगै उपाध्यक्ष पंकज नेम्वाङ र महासचिव तुलाधर मलेसिया गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्