२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


च्याम्पियन्स लिग फाइनलः विश्वकप फुटबलअघिको सबैभन्दा बहुप्रतिक्षीत भिडन्त


0
Shares

स्पेनिस जायन्ट रियल मड्रिड र प्रिमियर लिग टोली लिभरपुलबीचको फाइनललाई विश्वकप फुटबल सुरु हुनुअघिको सबैभन्दा रोमान्चक र बहुप्रतिक्षीत खेलकारुपमा हेरिएको छ ।

१२ पटकको विजेता रियल मड्रिड र पाँचपटकको विजेता लिभरपुलबीचको फाइनल खेल युक्रेनको राजधानी किभमा नेपाली समयअनुसार राति १२ः३० बजे सुरु हुनेछ ।

यसअघिको लगातार दुई सिजनको उपाधि जितेर इतिहास बनाएको रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेर नयाँ इतिहास कोर्ने लक्ष्यमा छ ।

उता, जारी सिजन उच्च लयमा रहेको लिभरपुल सोही गति कायम राख्दै सन् २००५ पछि पहिलोपटक उपाधि उचाल्ने दाउमा छ ।

यो फाइनल भिडन्तलाई च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक गोलकर्ता रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो र जारी सिजन जादुमयी प्रदर्शन गरिरहेका लिभरपुलका मोहमद सलाहाबीचको भिडन्तकारुपमा पनि हेरिएको छ ।