२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


लालबन्दी गोल्डकप फुटबल हुने, विजेतालाई ७ लाख


0
Shares

राष्ट्रियस्तरका क्लबहरुको सहभागितामा सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।

प्रतियोगिता यही जेठ २४ देखि असार २ गतेसम्म चल्ने सर्लाही जिल्ला फुटबल संघका महासचिव उज्ज्वल कार्कीले बताए ।

कार्कीकाअनुसार लालबन्दी नगरपालिका–६ मा रहेको खेलमैदानमा हुने प्रतियोगितामा सर्लाहीको एकसहित १० टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेता टिमलाई ७ लाख र उपविजेतालाई साढे ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरबहादुर सुसलिङले जानकारी दिए ।