Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


निर्मलाका आमाबुबा धर्ना बस्दै


0
Shares

काठमाडौं, कात्तिक २५ । निर्मला पन्तको हत्या भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि उनका आमाबुबा आइतबारदेखि अनिश्चितकालिन धर्ना बस्ने भएका छन् ।

धर्नामा अधिकारकर्मी र नागरिक समाजले पनि समर्थन गर्ने भएका छन् । निर्मलामा आमाबुबाले शनिबार उनीहरुसँग छलफल गरेका थिए ।

‘मेरो छोरीको न्यायको लागि म आइतबार ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्नामा बस्दैछु,’ निर्मलाका बुवा यज्ञराज पन्तले भने, छोरीले न्याय नपाएसम्म धर्ना बसिरहन्छु ।’

उनले हत्यारा पत्ता लगाउन प्रहरीले सुरुदेखि लापरवाही गरेको आरोप लगाए । –नागरिक दैनिकबाट