
काठमाडौं, असार १२ । सरकारले मलेसिया कामदार पठाउने म्यानपावर एजेन्सीलगायतमा कडाइ गरेसँगै हवाई यात्रुको संख्या उल्लेख्य रुपमा घटेको छ ।
यसरी कामदारको संख्या घट्दा काठमाडौं–क्वालालम्पुर र क्वालालम्पुर–काठमाडौं उडान गर्ने एयरलाइन्सहरु उडान संख्या घटाउन बाध्य भएका छन् ।
वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिने मलेसियामा अहिले म्यानपावर एजेन्सीहरुले कामदार पठाउन छाडेका छन् । सरकारले भीएलएन, वानस्टपलगायत मलेसियामा कामदार पठाउँदै आएका केही कम्पनी र म्यानपावर एजेन्सीमाथि कारवाही गरेको छ ।
सन् २०१८ को अप्रिल महिनामा मलेसिया जाने हवाई यात्रु संख्या ४४ हजार ६ सय ८६ थियो भने उक्त संख्या गत मे महिनामा घटेर ३६ हजार ८ सयमा सीमित भएको छ । जुन महिनामा झै घट्ने देखिएको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनाको १५ दिनमा मलेसियातर्फ जम्मा १५ हजार ७ सय ९७ मात्रै हवाक्ष्ई यात्रु छन् । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्