Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


झुक्याएर किड्नी प्रत्यारोपण गराउने व्यक्ति पक्राउ


0
Shares

जयराम बास्तोला/ईमेज:
भक्तपुर । मानसिक रुपमा बिरामी रहेका एक युवकको झुक्याएर मिर्गौला निकालिएको छ ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काभ्रे नालाका कुमार गिरीको मिर्गौला चोरी भएको हो ।

गत बैशाख १० गते सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका २ बस्ने बर्ष २९ का कुमार गिरीलाई झुक्याएर किड्नी प्रत्यारोपण गराउने थर्कबहादुर बस्नेतलाई महानगरिय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

ललाईफकाई किर्ते कागज बनाई झुक्याएर किड्नी प्रत्यारोपण गराउने मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१ घर भई भक्तपुर नगरपालिका–१ मा डेरा गरि बस्ने बस्नेतलाई आइतबार पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

गत शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भक्तपुर परिसरका डिएसपी कृष्ण प्रसाईंले बताए ।

अभियुक्त बस्नेतले ललाई फकाई लोभ लालचमा पारी कुमार गिरीको बाँया किड्नी निकाली प्रत्यारोपण गरेको भन्ने जाहेरीका आधारमा मानव अंग बेचविखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला पीडित मानसिक रुपमा बिरामी रहेको परिवारले जनाएका छन् । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा पीडित गिरीको मिर्गौला झिकिएको हो ।

पीडितका बाबु भोलानाथ गिरीले मानसिक रुपमा अशक्त आफ्नो छोरालाई बस्नेतले नक्कली कागज बनाई मिर्गौला प्रत्यारोपण गरेको बताए ।

उनले बस्नेतको छोरा आशिषको नाममा नक्कली कागज बनाई आफ्नो छोरा कुमारको नाममा किर्ते नाता प्रमाणित गरेको बताए ।

बस्नेतको छोरा आशिष भने फरार छन् । पीडित पक्षले घटनामा अस्पतालको समेत मिलेमतो रहेको आशंका गरेका छन् ।

Skip This