काठमाडौं, जेठ १४ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती (गोरे)ले तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ कै मिलेमतो रहेको खुलासा गरेका छन् ।
जिल्ला अदालत मोरङमा बयानका क्रममा उनले यस्तो बताएका हुन् ।
‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ ।’
आफू तस्करीमा सघाउने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिका नाइके, प्रहरी उच्च अधिकारी र दलका ठूला नेता पक्राउ परे मात्र सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका छन् ।
ती व्यक्तिको नाम भने उनले खुलाएका छैनन् । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्