
म्याग्दी, जेठ १४ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहूस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा शिवको अनौठो मूर्ति फेला परेको छ ।
घना जंगलको बीचमा खोलाको किनारमा रहेको ओढारमा फेला परेको शिवमूर्तिमा पहराबाट रसाएर आएको पानीले प्रत्येक ३२ सेकेन्डमा अभिषेक हुने गर्दछ ।
घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा शीव आकृतिको मूर्ति, नाग, गणेश र पाञ्चायन देवताको मूर्ति देखेपछि गाउँलेलाई खवर गरेका थिए ।
पहराको विशाल पत्थरमा प्राकृतिक रुपमा नै बनेको शिव मूर्तिमा नागदेवताको आकृति समेत रहेको छ ।
त्यसको दाहिनेतर्फ भगवान गणेशको आकृति र अन्य विभिन्न देवी देवताका आकृति रहेका छन् । स्थानीयले यस स्थानको प्रचार गर्नसमेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्