
काठमाडौं, जेठ १४ । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ ।
सोमबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सहमति भएको हो । बैठकपछि तीनै नेताले सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालले उठाउँदै आएको माग पुरा गर्ने सम्बन्धमा नेकपाले सहमति जनाएको हो । संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमतिपत्रमा उल्लेख छ । ‘सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने छ,’ सहमतिपत्रमा भनिएको छ, ‘उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।’
सहमतिपत्रको दोस्रो बुँदामा भने वर्तमान सरकारमा संघीय समाजवादी फोरम सामेल हुने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्