२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बजेट आउने अघिल्लो दिन सेयरबजारमा उल्लेख्य सुधार


0
Shares

पछिल्ला दिन निरन्तरजसो ‘वियरिष ट्रेन्ड’मा रहेको सेयरबजारमा सोमबार भने उच्च सुधार आएको हो ।

यसदिन नेप्से परिसूचक र कारोबार दुवैमा सुधार आएको हो । सुरुको एक घन्टा ऋणात्मक रहेको बजार त्यसयता सुधार आउँदै ३६ अंक बराबरले उकालो लागेर १३ सय ३६ पुग्यो । कारोबार भएका सबै समूह हरियो रहे ।

बिमा समूह सबैभन्दा उच्च २७२ अंकले उकालो लाग्यो । होटल समूहमा पनि १०१ अंकको वृद्धि आयो । लघुवित्त समूह पनि ५९ अंकले बढ्यो ।

विकास बैंक समूह ४८ अंक, जलविद्युत् र उत्पादनमूलक समूह पनि ४७/४७ अंकले बढे । वाणिज्य बैंक समूह २५ अंकले सुधारियो । अन्य र वित्त समूह पनि दोहोरो अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीका १३ लाख ६७ हजार बराबर कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।