१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कुन क्षेत्रमा कति बजेट विनियोजन ?


0
Shares

त्यसपछि भौतिक पूर्वाधार, ऊर्जा, भवन र सहरी विकास, स्वास्थ्यलगायतमा बढी बजेट विनियोजन गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमा १ खर्ब ३५ अर्ब रुपैयाँ छुट्याइएको छ ।

यस्तै, यातायात पूर्वाधारमा १ खर्ब ९ अर्ब छुट्याइएको छ ।

मंगलबार सार्वजनिक गरिएको बजेटमा सरकारले पुनःर्निर्माणका लागि १ खर्ब ५१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, ऊर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ८९ करोड, स्वास्थ्य क्षेत्रका लागि ५६ अर्ब बजेट छुट्याइएको छ ।

भवन र सहरी विकासका लागि ३३ अर्ब, खानेपानीतर्फ २४ अर्ब, हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड बजेट विनियोजन भएको छ ।

यस्तै, वन तथा वातावरणका लागि १६ अर्ब ५८ करोड, उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि १० अर्ब ४४ करोड र पर्यटन क्षेत्र विकासका लागि ५ अर्ब २० करोड बजेट सरकारले विनियोजन गरेको छ ।