Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


बजेट कार्यान्वयन हुन कठिन : देउवा


0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भने–‘करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।’

‘बजेट सुन्दा दिउँसै सपना देखेकोजस्तो’
सोही पार्टीका नेता डा. मीनेन्द्र रिजालले बजेट सुन्दा दिउँसै सपना देखेकोजस्तो लागेको बताउँदै सबै सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो भएको, केन्द्र सरकारले उठाउने राजस्वबारेमात्रै उल्लेख भएर आएको तथा राजस्व संकलनको स्पस्ट मार्ग नदेखिएको बताए ।

उनले भने–‘विगतमा करिब २०/२२ प्रतिशतको हाराहारीमा राजश्व उठेकामा ९ सय ४५ अर्बको राजश्व उठ्न गाह्रो हुन्छ, उठाउनुस् हाम्रो शुभकामना छ, विदेशी सहयोग र ऋण भनेजति आउने सम्भवना पनि छैन ।’

डा. रिजालले स्थानीय तह र प्रदेशमा लगानीका लागि कस्तो नीति अपनाउने भन्ने स्पस्ट नभएको उल्लेख गर्दै पाँच लाखलाई रोजगारी दिने घोषणा असम्भव रहेको टिप्पणी गरे ।

कांग्रेसकै नेता गगन थापाले सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरंग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको बताए । रासस