रोटी किनेर फर्किदै गर्दा रुसी पत्रकारको घरमै गोली हानी हत्या • Image Khabar Image Khabar


रोटी किनेर फर्किदै गर्दा रुसी पत्रकारको घरमै गोली हानी हत्या


Imagekhabar
१६ जेष्ठ २०७५, बुधबार ०६:५८

रोटी किनेर फर्किदै गर्दा रुसी पत्रकारको घरमै गोली हानी हत्या

काठमाडौं, जेठ १६ । युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ ।

रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन् ।

रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा उनलाई गोली हानेको सुरक्षाकर्मीको दाबी छ ।

घटनालगत्तै उपचारका लागि लैजाने क्रममा एम्बुलेन्समै उनको निधन भएको हो । रुसको सैनिक बिमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको खुलासा आरकादीले गरेका थिए ।

युद्धसम्बन्धी समाचारका संवाददाता आरकादी शुरुमा प्रागमा कार्यरत थिए । उनी पछिल्लो समय युक्रेनको एटीआर टीभीका प्रस्तोताका रुपमा कार्यरत थिए ।

उनी रुसका दक्ष पत्रकारको रुपमा परिचित थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्