बेल्जियममा गोली प्रहार गरी तीन जनाको हत्या, हत्यारालाई प्रहरीले गोली हान्यो • Image Khabar Image Khabar


बेल्जियममा गोली प्रहार गरी तीन जनाको हत्या, हत्यारालाई प्रहरीले गोली हान्यो


Imagekhabar
१६ जेष्ठ २०७५, बुधबार ०७:२१

बेल्जियममा गोली प्रहार गरी तीन जनाको हत्या, हत्यारालाई प्रहरीले गोली हान्यो

काठमाडौं, जेठ १६ । बेल्जियमको लिज शहरमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन् ।

लिज शहरको मध्य भागमा अज्ञात व्यक्तिले गोली प्रहार गरी दुई प्रहरी र एक बटुवाको हत्या गरेका हुन् ।

प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

ती व्यक्तिले छुरा देखाई प्रहरीको हतियार खोसेर आक्रमण गरेका थिए ।

शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

लिजका दण्डाधिकारीको कार्यालयका प्रवक्ता क्याथरिन कलिगननले आक्रमणकारीले के उद्देश्यले आक्रमण गरेको हो भन्ने खुल्न नसकेको बताए ।

घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्