आफैंले ढाल्दै गरेको रुखले किचेर मृत्यु • Image Khabar Image Khabar


आफैंले ढाल्दै गरेको रुखले किचेर मृत्यु


Imagekhabar
१६ जेष्ठ २०७५, बुधबार ०९:२१

आफैंले ढाल्दै गरेको रुखले किचेर मृत्यु

इलाम, जेठ १६ । रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ ।

दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।

देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्