२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पर्यटन मन्त्रीले गरे नारायणहिटीको अवलोकन, संग्रहालयको गुरुयोजना बनाउने प्रतिबद्धता


0
Shares

काठमाडौं, जेठ १६ । पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीले नारायणहिटी संग्रहालयको गुरुयोजना अविलम्ब तयार गर्ने बताएका छन् ।

नारायणहिटी संग्रहालयको अवलोकन गर्दै उनले समयमै गुरुयोजना बनाएर ब्यवस्थित गरिने बताए ।

नारायणहिटीलाई बृहत संग्रहालयको रुपमा विकास गर्ने योजना सरकारको रहेको भन्दै उहाँले गुरुयोजना अनुमोदन गरेर काम थालिने प्रष्ट पारे ।

पूर्व र तत्कालिन राजाले प्रयोगमा ल्याएका सबै बस्तु इतिहासका लागि महत्वपूर्ण हुने भएकाले त्यसको संरक्षण गरिने उनको भनाई थियो ।

उनले सर्वसाधारणको अवलोकनका लागि प्रयोगमा नल्याईको श्रीपेचको पनि उचित संरक्षणसहित अवलोकनको व्यवस्था मिलाइने जानकारी दिए ।

संग्रहालय संरक्षणको गुरुयोजना बनाउन दुई दिनभित्र विज्ञसहितको उच्चस्तरीय समिति बनाउने भन्दै मन्त्री अधिकारीले यसलाई चाँडै व्यवस्थित गरिने जानकारी दिए ।

उनले संग्रहालय परिसरमा रहेको सैनिक व्यारेकका बिषयमा पनि छलफल गरी उचित व्यवस्थापन गरिने बताए । उनले संग्रहालय परिसरमा रहेको गणतन्त्र स्तम्भको समेत अवलोकन गरेका थिए ।