Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


नुवाकोटका स्थानीय तहमा बजेट घट्यो


0
Shares

मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई रु ४६ करोड २३ लाख र बेलकोटगढी नगरपालिकालाई रु ३३ करोड ४६ लाख बजेट छुट्याइएको छ ।

चालू आवभन्दा आगामी आवमा विदुर नगरपालिकालाई रु दुई करोड बजेट थप गरिएको छ भने बेलकोटगढीको बजेट रु पाँच करोड घटेको छ ।

यस्तै, ककनी गाउँपालिकाका लागि रु २३ करोड ७६ लाख, किस्पाङलाई रु १५ करोड ३१ लाख, तादीलाई रु १७ करोड ४४ लाख, तार्केश्वरलाई रु १५ करोड ८१ लाख, दुप्चेश्वरलाई रु १९ करोड ३५ लाख, पञ्चकन्यालाई रु १५ करोड नौ लाख, मेघाङलाई रु १४ करोड ६५ लाख, लिखुलाई रु १६ करोड ५० लाख, शिवपुरीलाई रु २१ करोड ६९ लाख र सूर्यगढीका लागि रु १५ करोड १४ लाख विनियोजन गरिएको छ ।

चालू आवका लागि यहाँ रहेका स्थानीय तहलाई वित्तीय समानीकरण र सशर्त अनुदानमार्फत् रु दुई अर्ब ९९ करोड ११ लाख बजेट विनियोजित भएकामा आगामी आवका लागि रु ४४ करोड ६८ लाख कम बजेट विनियोजन भएको छ ।

चालू आवमाभन्दा आगामी आवमा विदुर नगरपालिका र ककनी गाउँपालिकाको बजेटमा केही वृद्धि भएपनि बाँकी स्थानीय तहमा बजेट कम विनियोजन गरिएको छ । रासस