२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


यसरी पुग्छ ८ प्रतिशत आर्थिक वृद्धि : अर्थमन्त्री


0
Shares

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले माथिल्लो तामाकोसी बन्ने, मेलम्ची खानेपानी आयोजना पूरा हुने, कृषि, उद्योग, सेवा क्षेत्रको योगदान बढ्ने आधारमा आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने जिकिर गरे ।

अर्थविद्हरुले भने ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुन नसक्ने टिप्पणी गर्दै आएका छन् ।

बजेटले नगदमा वृद्धभत्ता नबढाएको देखिएपनि बिमा र आवास कार्यक्रम ल्याएकाले वृद्धवृद्धाको सामाजिक सुरक्षामा हुने खर्च उल्लेख्य मात्रामा बढाएको उनको दावी छ ।

वृद्धवृद्धाका लागि आवास कार्यक्रम सन्चालन गरेको उनले बताए ।

सरकारले अब एकीकृत सामाजिक सुरक्षा कार्यक्रम अघि बढाउने र वृद्धवृद्धालाई पूर्णसुरक्षाको प्रत्याभूति गराउने उनको भनाइ थियो ।

अब कुनैपनि वृद्धवृद्धाले पैसा नभएका कारण उपचार गर्न पाइनँ भन्ने अवस्था नरहने उनको दावी छ ।