Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत


0
Shares

shankhar pokhrel province capital dispute

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा बुधबार बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोधरुपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी गराए ।

मुख्यमन्त्री पोखरेललाई संसदीय दलको नेता चयन गर्न नेकपाका नेता तथा प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रस्ताव गरेका थिए भने अर्का नेता तथा प्रदेशसभा सदस्य कमल श्रेष्ठले समर्थन जनाएका थिए ।

संसदीय दलको नेता चयन भएपछि मुख्यमन्त्री पोखरेलले सबैलाई धन्यवाद दिँदै अब प्रदेशको समृद्धिको यात्रामा भूमिका निर्वाह गर्न अपिल गरे । रासस