डेनमार्कमा अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध • Image Khabar Image Khabar


डेनमार्कमा अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध


Imagekhabar
१८ जेष्ठ २०७५, शुक्रबार ०८:३०

डेनमार्कमा अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध

डेनमार्क, जेठ १८ । डेनमार्कले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ ।

डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएको हो । अब यससम्बन्धी कानून भने १ अगस्टबाट लागू गरिने छ ।

कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना तिनुपर्ने तथा दोहोर्‍याएमा दश गुणा बढी जरिवाना गरिने छ । यस प्रतिबन्धको बढी असर बुर्का पहिरिने मुस्लिम महिलामा पर्ने छ ।

डेनमार्कको यस निर्णयको एम्नेष्टी इन्टरनेशनलले भने आलोचना गर्दै यो महिला अधिकारमाथिको पक्षपातपूर्ण उल्लंघन हो भनेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्