धादिङमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु • Image Khabar Image Khabar


धादिङमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु


Imagekhabar
१८ जेष्ठ २०७५, शुक्रबार १०:३९

धादिङमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु

धादिङ, जेठ १८ । बेनिघाट रोराङ गाउँपालिका–३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा८७प ३३९३ नम्बरको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा४ख १८९९ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताए ।

दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्