Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कांग्रेसभित्र यतिबेला कुनै समस्या छैन : देउवा


0
Shares

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अब एक ढिक्क भएर अघि बढ्ने बताएका छन् ।

‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिबेला कुनै समस्या छैन’–बिहीबार रिपोर्टर्स् क्लबले देउवा निवास बूढानीलकन्ठमा गरेको देउसी–भैलो कार्यक्रममा सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै उनले भने ।

पार्टीको महासमिति बैठक अब निर्धारित् मितिबाट नसर्ने दाबी पनि उनले गरे ।

‘मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ । अब बैठक सर्दैन’–उनले भने–‘हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’

सभापति देउवाले कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नेपनि सुनाए ।