८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘संघीयता कार्यान्वयन संकटमा’


0
Shares

धनुषा, कात्तिक २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले संघीयता कार्यान्वयन संकटमा परेको बताएका छन् ।

जनकपुरमा बिहीबार पत्रकारसँग नेता खाँणले नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्नसमेत सरकार सफल नभएको बताए ।

उनले मुलुकमा हत्या, हिंसा बढेको र दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको आरोप लगाए ।

सरकार सन्चालन गर्न बहुमत रहेकै बेला अन्य दललाई सरकारमा सहभागी गराएर दुईतिहाइ पुर्‍याएपनि संविधान संशोधनको कुरा अघि बढ्न नसक्नु दुःखद् रहेको खाँणको भनाइ थियो । रासस