१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


हत्याका दुई अभियुक्त पक्राउ


0
Shares

गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहराछेउमा नै मृतावस्थामा फेलापारेको थियो ।

घटनाको अनुसन्धानकाक्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण भनिने वसन्त खड्का र बनेपा नगरपालिका–४ का २२ वर्षीय राजु सिग्देललाई शुक्रबार सार्वजनिक गरेको छ ।

उनीहरुलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

थापाले आफ्नी आमालाई पटक–पटक कुटपिट तथा विवाह गर्छु भन्दै मानसिक र शारीरिक यातना दिएका कारण आफूले सहन नसकी प्रतिकार गर्नुपरेको खड्काले बताए ।

‘घटना भएको दिन पनि आमालाई चोटपटक हुने गरी कुटपिट गरी नागरिकता र लालपुर्जालगायत अन्य कागजात लिएर गएको र ती कागजात लिन भनी जाँदा पिट्न खोजेका कारण टहरानजिक भेटेको बाँसको लट्ठी र रडले हानेको हुँ’– खड्काले भने ।

थापाले मादकपदार्थ सेवन गरी पटक–पटक कोठामा गइ गाली–बेइज्जती गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहले जानकारी दिए । रासस