
ताप्लेजुङ, जेठ १९ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडामा एक्कासी वृद्धि गरेको छ ।
यसअघि ५ हजार ३ सय ३० रुपैयाँ भाडा दर रहेकोमा अहिले १८ सय ६५ रुपैयाँ बढाएर ७ हजार १ सय ९५ रुपैयाँ पुर्याइएको निगमका ताप्लेजुङ ईन्चार्ज विकास राईले जानकारी दिए ।
एक्कासी वृद्धि भएको भाडा दर यही जेठ १६ गतेबाट लागू भएको छ ।
निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडा दरसहितको सर्कुलर आएको तर, भाडा किन वृद्धि भयो भन्ने जानकारी नभएको राईले बताए ।
एक्कासी १८ सय रुपैयाँभन्दा बढीले भाडा वृद्धि हुँदा हवाई यात्रा गर्न समस्या हुने स्थानीयको भनाइ छ ।
असारदेखि तीन महिनासम्म वर्षायाममा उडान स्थगित हुँदै आएकोमा विमान स्थल कालोपत्रे भएकाले यो वर्ष भने वर्खाको समयमा उडान स्थगित नहुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्