
सिंगापुर भ्रमणमा रहेका म्याटिस्ले बेइजिङको कदमबाट उसको बृहत्तर लक्ष्यलाई संशयको घेरामा राखेको उनले बताए ।
ट्रम्प प्रशासनले चीनसँग रचनात्मक सम्बन्ध चाहेको भन्दै म्याटिस्ले तर आवश्यक परे पूरै शक्तिका साथ प्रतिस्पर्धा गर्न तयार रहेको स्पस्ट पारे ।
यस क्षेत्रमा चीनको भूमिकालाई भने अमेरिकाले स्वीकार्ने उनको भनाइ थियो ।
दक्षिण चिनियाँ समुद्रमा अरु ६ मुलुकले पनि दाबी गर्ने गरेका छन् । यस क्षेत्रमा चीनले कृत्रिम द्वीप र सैन्य आधार विकसित गर्ने खोजिरहेको छ ।
सिंगापुरमा जुन १२ मा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तामा दक्षिण कोरियामा अमेरिकी सेनाको उपस्थितिको मुद्दा नउठ्ने अमेरिकी विदेशमन्त्रीले बताए ।
उनले कोरियाली प्रायद्वीपलाई पूर्णरुपबाट परमाणुमुक्त गर्नुपर्ने उल्लेख गरे ।
दक्षिण कोरियाका रक्षामन्त्री सोङ याङ मूले दक्षिण कोरियामा अमेरिकी सैनिकको उपस्थिति उत्तर कोरियाको परमाणु हतियारभन्दा अलग मुद्दा भएको बताए ।
दक्षिण कोरियामा अहिले २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्