
निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५/९५ रुपैयाँ पुगेको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ ।
प्रतिक्रिया दिनुहोस्