२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अमेरिकालाई चीनको जवाफ– सार्वभौमिकता रक्षा गर्नु वैधानिक अधिकार


0
Shares

सिंगापुर, जेठ २० । चीनले दक्षिण चीन सागरस्थित टापुहरुमा अस्त्र राख्न पाउनु आफ्नो अधिकार भएको जिकिर गरेको छ ।

चीनले आफ्ना छिमेकीलाई तर्साउन खोजेको अमेरिकी आरोपप्रति प्रतिक्रिया दिँदै चीनले ती टापु चिनियाँ क्षेत्र रहेकाले आफ्नो सार्वभौमिकता रक्षा गर्नु चीनको वैधानिक अधिकार रहेको प्रष्ट गरेको हो ।

सिंगापुरमा एउटा सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले राखेको धारणाको जवाफ फर्काउँदै चिनियाँ सैन्य अधिकारी जनरल हि लिइले अरु मुलुकबाट आउने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सैह्य नहुने पनि प्रष्ट गरे ।

म्याटिसले चीनले पानीजहाज प्रतिरोधी क्षेप्यास्त्र, जमिनबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र र विद्युतीय उपकरण काम नलाग्ने बनाइदिने ज्यामरहरु दक्षिण चीन सागरमा राखेको जनाए । यस्ता अस्त्र धम्क्याउनका लागि तैनाथ गरेको उनको भनाइ थियो ।

दक्षिण चीन सागरको विवादित टापुमाथि चीनसहित ६ मुलुक भियतनाम, फिलिपिन्स, मलेसिया, ताइवान र ब्रुनाईले आ–आफ्नो भएको दावी गर्दै आएका छन् । चीनसँग रचनात्मक सम्बन्ध चाहेको तर आवश्यक परे दृढतापूर्वक प्रतिस्पर्धा गर्ने उल्लेख गर्दै म्याटिसले उक्त क्षेत्रमा चीनको भूमिका महत्वपूर्ण रहेको भने स्वीकारे । (एजेन्सी)