
गाजा, जेठ २० । इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिएकी प्यालेस्टिनी नर्सको शव यात्रामा हजारौं सहभागी भएका छन् ।
गत शुक्रबार गाजामा भएको प्रदर्शनमा ती युवती मारिइएकी थिइन् ।
गाजा र इजरायलको सीमामा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न जाने क्रममा २१ वर्षीया रजानलाई गोली लागेको थियो ।
जेनेभा सन्धीअनुसार घाइतेको उपचारमा संलग्न स्वास्थ्यकर्मीको हत्या गरिनु युद्ध अपराध भन्दै संयुक्त राष्ट्रसंघलगायत विश्वका थुप्रै राष्ट्रले खेद प्रकट गरेका छन् ।
यसैबीच इजरायली सेनाले गाजा क्षेत्रमा हमासको १० वटा अखडामा हवाई हमला गरेको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्