२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पाकिस्तानी क्रिस्चियन महिला आसिया बीबी रिहा


0
Shares

इस्लामावाद, कात्तिक २२ । पाकिस्तानमा इस्लाम धर्मको निन्दा गरेको आरोपबाट मुक्त भएकी क्रिस्चियन महिला आसिया बीबी कारागारबाट रिहा भएकी छन् । उनलाई मुल्तान शहरको जेलबाट रिहा गरिएको हो ।

आसियाका वकिल सैफ–उल–मुलुकले कारागारबाट रिहा भइसकेको जनाएका हुन् । तर उनी कहाँ छिन् भन्ने खुलाइएको छैन ।

उनलाई पाकिस्तानी तल्लो अदालतले मृत्युदण्डको फैसला गरेको भए पनि सर्वोच्चले त्यसलाई रद्द गर्दै आरोपबाट मुक्त गरेको थियो । रिहा भएकी आसिया विमानमार्फत् पाकिस्तानबाट बाहिर गइरहेको खबरहरु सार्वजनिक भएका छन् ।

सर्वोच्च अदालतको फैसलाविरुद्ध पाकिस्तानका मुस्लिम कट्टरपन्थीले व्यापक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीसँग सरकारले आसिया बीबीलाई देशबाट बाहिर जान नदिने बताएको थियो ।

प्रदर्शन चर्किँदै गएपछि आसियाका पतिले आफ्नो परिवारलाई पाकिस्तानमा जोखिम रहेको भन्दै अमेरिका, बेलायत, क्यानडासहितका देशसँग शरणका लागि अपिल गरेका थिए । (एजेन्सी)