१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेकपा र संघीय समाजवादी फोरमबीच पार्टी एकता हुन्छ : अध्यक्ष दाहाल


0
Shares

पोखरा, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने दाबी गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ ले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनुपरेका बताए ।

उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको र फोरमसँग पार्टी एकता पनि हुने दाबी गरे ।

अध्यक्ष दाहालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले प्रतिपक्षीले आरोप लगाएजस्तो सरकार तानाशाही बन्ने कुरा निराधार भएको बताए ।

उनले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे नेतृत्व तहमा छलफल भइरहेको जानकारी दिए ।

उनले दुई तिहाईको सरकार गठनसँगै समृद्धि र विकासको नयाँ ढोका खुलेको बताए ।

हामीले पाँच वर्षभित्र मुलुकमा विकास नभए जनस्तरमा निराशा आउनेतर्फ सरकार सचेत रहेको समेत बताए ।