प्रधानमन्त्रीले ‘सिंहदरबार बगैंचा’मा रोपे लिची र एबोगार्डाेका बिरुवा • Image Khabar Image Khabar


प्रधानमन्त्रीले ‘सिंहदरबार बगैंचा’मा रोपे लिची र एबोगार्डाेका बिरुवा


Imagekhabar
२२ जेष्ठ २०७५, मंगलवार १४:२६

प्रधानमन्त्रीले ‘सिंहदरबार बगैंचा’मा रोपे लिची र एबोगार्डाेका बिरुवा

‘सिंहदरबार बगैंचा’मा लिची र एबोगार्डाेका बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको मंगलबार शुभारम्भ गर्दै उनले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पुर्‍याउन सबैसँग आह्वान गर्दै भने–‘वन जोगाऔं, वन बढाऔं, फलफूल लगाऔं, हरियाली बढाऔं, आम्दानी बढाऔं, वातावरण सपारौं ।’

नेपालमा हाल करिब ४५ प्रतिशत वनक्षेत्र छ ।

मंगलबार मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने–‘हामी वातावरणप्रति सजग छौं, अब एक वर्षको अवधिमा करोडौंको संख्यामा वृक्षरोपण हुनेछ ।’

विदेश निर्यात गर्नसकिने हुनाले फलफूल व्यवसाय आम्दानीको राम्रो स्रोत हुनसक्छ भन्दै उनले फलफूलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमासमेत महत्वपूर्ण योगदान पुग्ने विचार प्रकट गरे ।

सो अवसरमा आँप, लिची, एबोगार्डाे, अनार, अम्बा, सुन्तलालगायत गरी फलफूलका ४०० बिरुवा रोपिएको थियो ।

उपप्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि वृक्षरोपण कार्यक्रममा सहभागी भए ।

जमिनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैंचा बनाउने लक्ष्यका साथ उक्त अभियान सुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्