२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


काठमाडौं स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज


0
Shares

विभागमा मंगलबार बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिए ।

उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका आठ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डन्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धारित् मापदन्डभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो । रासस