१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


सेनाले बनाएको शौचालय विद्यालयलाई हस्तान्तरण


0
Shares

वीरगन्ज, जेठ २२ । विश्व वातावरण दिवसका अवसरमा मंगलबार वीरगन्जमा नेपाली सेनाले बनाएको शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

श्रीचण्डीप्रसाद गणले बनाएको शौचालय हरिहर शर्राफ चम्पादेवी निमाविलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयमा शौचालयको अभाव हुँदा शिक्षक र विद्यार्थी शौच गर्न खुला मैदानमा जानुपर्ने बाध्यता थियो ।

सो अवसरमा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरागवीले सेनाले शौचालय निर्माण गरी विद्यालयलाई प्रदान गर्नु सराहनीय भन्दै यस्ता कामबाट मधेसी जनता र सेनाबीचको सम्बन्ध अझ बलियो हुने बताए ।