१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


शंकरदेव क्याम्पसका विद्यार्थी सवार बस धादिङमा दुर्घटना, पाँचजना घाइते


0
Shares

तनहुँबाट काठमाडौं जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस अनियन्त्रित भइ नालामा पल्टिएको हो । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नाम खुल्न सकेको छैन । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको छ ।

काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत् २६ जनाको टोली भम्रणमा गइ फर्कनेक्रममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।