
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता सुमनले मधेस आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुईबुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पस्ट पारे ।
पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नम्बर–२ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले बताए ।
उनले भने–‘झुट बोल्नेलाई हामी समर्थन गर्दैनौं । संविधान संशोधन गर्ने विषयमा पटक–पटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’
उनले ‘नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस्’ भनेर ढाँटेको आरोप लगाए । रासस
प्रतिक्रिया दिनुहोस्