११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


साम्यवादी व्यवस्था लाद्न खोजियो : सिंह


0
Shares

काठमाडौं, असार ११ । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले सरकारले साम्यवादी व्यवस्था लाद्न खोजेको आरोप लगाएका छन् ।

जीपी कोइराला श्रमिक संगठनले सोमबार काठमाडौंमा गरेको एक कार्यक्रममा सरकारले साम्यवादी व्यवस्था लागू गर्ने योजनासहित गृह र अर्थ मन्त्रालय मातहतका महत्वपूर्ण विभाग प्रधानमन्त्री कार्यालयमा सारिएको आरोप उनले लगाए ।

प्रदेशदेखि संघीय निर्वाचनमा कांग्रेस पराजित हुनुको कारण नेतृत्वको कमजोरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कंग्रेसका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।