१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


आफ्नै घरमा आगो लगाउने पक्राउ


0
Shares

अर्घाखाँची, कात्तिक २१ । अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पुनले मादक पदार्थ सेवन गरी घरमा आगो लगाउँदा घर जलेर नष्ट भई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । पुनलाई ईलाका प्रहरी कार्यालय ठाडामा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।