१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


ओखलढुंगामा जिप दुर्घटना, श्रीमान्–श्रीमतीको ज्यान गयो


0
Shares

काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ छन् ।

घाइते हुनेमा मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ रहेका छन् ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।