Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


सुनकान्डका ११ अभियुक्तले दिए जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, असार ११ । साढे ३८ क्विन्टल सुन तस्करी र मोरङ, उर्लाबारीका सनम शाक्य हत्या मुद्दाका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत मोरङको आदेशविरुद्ध सोमबार उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, चूडामणि उप्रेती ‘गोरे’का सहयोगी टेकबहादुर मल्ल, नेपाल एअरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ र सम्बीरप्रसाद तोलांगेलगायतले साधारण तारेखमा छाड्न माग गर्दै वकिलमार्फत् उच्च अदालत विराटनगरमा निवेदन दिएका हुन् ।

उनीहरुविरुद्ध संगठित अपराधअन्तर्गत् आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।