१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘बजेटमा औद्योगिक प्रवद्र्धनका लागि पर्याप्त स्रोत छुट्याइएन’


0
Shares

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार राजधानीमा गरेको बजेटपछिको छलफलकाक्रममा उक्त गुनासो गरिएको हो ।

बजेटमा लगानीकर्ताको मनोबल बढाउने ठोस योजना आउन नसकेको पनि उद्योगी–व्यवसायीको गुनासो रह्यो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले बजेटमा लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम र स्रोतको अभाव देखिएको उल्लेख गरे ।

सहभागी उद्यमी–व्यवसायीहरुले सरकार आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने वातावरण निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।