 
	    वासिंटन, जेठ २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको निम्तो दिनसक्ने बताएका छन् ।
चार दिनपछि जुन १२ मा सिंगापुरमा हुने छलफल राम्रो भएमा यसबारेमा विचार गर्न सकिने ट्रम्पले बताएका हुन् । किमसँग हुने वार्ताबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको छलफलमा ट्रम्पले यो संकेत गरेका हुन् ।
कोरियाली युद्ध अन्त्यका लागि सम्झौता सम्भव रहेको भन्दै ट्रम्पले त्यसपछि के हुन्छ भन्ने विषयले पनि महत्व राख्ने उल्लेख गरे ।
अमेरिका र उसका क्षेत्रीय मित्रहरुले उत्तर कोरियाले परमाणु कार्यक्रम छाड्नुपर्ने बताउँदै आए पनि यो एक बैठकबाट सम्भव नहुने भन्दै ट्रम्पले यसका लागि केही लामो समय लाग्ने उल्लेख गरे ।
जापानी प्रधानमन्त्री आबेले भने आफ्ना केही नागरिकलाई बन्धक बनाएको विषयमा उत्तरकोरियासँग सिधा कुरा गर्न चाहेको बताए ।
उत्तर कोरियाले १९७० र १९८० को दशकमा थुप्रै जापानी नागरिकलाई अपहरण गरेको थियो । आबेले उत्तर कोरियाले सही मार्ग समातेमा उसको भविष्य उज्ज्वल रहेको पनि उल्लेख गरे । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्