
बुटवल, जेठ २५ । अविरल वर्षाका कारण बुटवल–पाल्पा सडक अवरुद्घ भएको छ ।
रातिदेखि अविरल पानी परेका कारण सिद्घार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्घबाबा मन्दिरनजिक पहिरो गएका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्घ भएको हो ।
पटक–पटक पहिरो जाँदा सो क्षेत्रबाट आवत–जावत गर्ने यात्रु अलपत्र पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्