प्रदेश ५ मा सरकारको नीति तथा कार्यक्रम आज, कृषिलाई प्राथमिकता • Image Khabar Image Khabar


प्रदेश ५ मा सरकारको नीति तथा कार्यक्रम आज, कृषिलाई प्राथमिकता


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार १२:२७

प्रदेश ५ मा सरकारको नीति तथा कार्यक्रम आज, कृषिलाई प्राथमिकता

बुटवल, जेठ २५ । प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम आज प्रदेश सभामा पेश गर्दैछ ।

मन्त्रिपरिषद्को बैठकले नीति कार्यक्रम पारित गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख उमाकान्त झाले सभामा नीति तथा कार्यक्रम बाचन गर्ने भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

नीति कार्यक्रम पेश गर्न दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालू आर्थिक वर्षमा समावेश गरिएका नीति र कार्यक्रमलाई अद्यावधिक गरी केही विशेष योजना र कार्यक्रम समेटिएका छन् ।

यसअघिको नीति तथा कार्यक्रममा जस्तै कृषिलाई उच्च प्राथमिकता दिने र उद्योग तथा पर्यटनलाई आर्थिक समृद्धि र दीगो विकाससँग जोड्ने विषय प्राथमिकतामा छ ।

प्रतिक्रिया दिनुहोस्