१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन


0
Shares

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघसम्बद्ध विद्यार्थीहरुले शुक्रबार उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले लगाताररुपमा मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत मुलुकका सबै क्याम्पसअगाडि विरोध प्रदर्शन गर्नुपरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए ।

‘पेट्रोलियम पदार्थमा भएको पटक–पटकको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ, जनजीविका अत्यन्तै कस्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो’–उनले भने ।

यस्तै, नेविसंघले जेठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पसअगाडि सरकारी तथा संस्थानका सवारी–साधन गुड्न नदिने कार्यक्रम विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ । रासस