
शनिबार संघीय प्रेस फोरमले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले फोरम पनि राष्ट्रपतीय प्रणालीकै पक्षमा रहेको स्पस्ट पारे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले ‘सरकारसँग दुई तिहाइभन्दा बढी मत छ, कम्युनिस्टले चाहे भने संविधान संशोधन हुन्छ’–भने ।
उनले दुईबुँदे सहमतिमार्फत् आफूहरु सरकारमा गएको बताउँदै संघीय समाजवादी फोरम र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच पार्टी एकता हुने कुरा हल्लामात्रै भएको जिकिर गरे ।
नेपालका कम्युनिस्ट पार्टीहरु वास्तविकतामा नभइ नाममामात्र कम्युनिस्ट भएको भन्दै उनले ‘नेपालमा कम्युनिस्टको साइनबोर्डमात्रै छ, विचार र चरित्र कम्युनिस्टको देखिँदैन’–भने ।
उनले सिद्धान्त र विचार मिल्ने पार्टीहरुसँग एकीकरणको ढोका सधैं खुला रहने पनि बताए ।
आफूहरु स्थायित्व र विकासका लागि सरकारमा गएको भन्दै उनले सरकारमा गएपनि पहिचानका मुद्दाहरु स्थापित गर्न निरन्तर लागिपर्ने उल्लेख गरे ।
आफूहरु सरकारमा जाँदैमा प्रदेश नम्बर–२ को सत्ता समीकरणमा कुनै फरक नपर्ने उनले स्पस्ट पारे ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्