शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी • Image Khabar Image Khabar


शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी


Imagekhabar
२६ जेष्ठ २०७५, शनिबार १५:३४

शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता एंव सांसद देवेन्द्र पौडेलले सहमतिमा नियमावली पारित हुनु सकारात्मक भएको भन्दै अन्तरवस्तु र भित्री कुरा नबुझी नियमावलीप्रति विरोध गरिएको टिप्पणी गरे ।

एक अर्को प्रसंगमा नेता पौडेलले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानेबारेमा छलफल सुरुमात्रै भएकाले आत्तिनु नपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडूले संविधानभन्दा कोही पनि माथि हुन नसक्ने भन्दै संविधानको धारा १०४ को व्यवस्थाअनुसार नै नियमावली बनेको बताए ।

नेता बडूले संविधान बनेको तीन वर्ष नबित्दै शासकीयस्वरुप परिवर्तनको प्रयास गरे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी पनि दिए ।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं सांसद लक्ष्मणलाल कर्णले जनभावनाअनुसार सबै दलको सहमतिमा नै संसद नियमावली आएको बताए ।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शासकीयस्वरुपबारे आफ्नो विचार राख्नु अनुचित नभएपनि वर्तमान शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्