
शनिबार पर्वत उद्योग वाणिज्य संघको विशेष भेलालाई कुश्मामा सम्बोधन गर्दै मन्त्री लम्सालले अबको समय भनेको आर्थिक समृद्धिको भएकाले लगानीमैत्री वातावरण बनाउनका लागि प्रदेश सरकार सक्रिय भएर लाग्ने बताए ।
उनले प्रदेश सरकारले उचित किसिमको ऐन तथा नीति–नियम निर्माण गर्ने बताउँदै त्यसपछि स्वदेशी उद्योगी, व्यावसायी तथा दातृराष्ट्रहरु स्वस्फूर्तरुपमा लगानी गर्नका लागि आकर्षित हुने जिकिर गरे ।
उनले केन्द्र सरकारको मानसिकता अझैपनि केन्द्रिकृत नै बनेको धारणा राखे ।
मन्त्री लम्सालले बजेटको ठूलो हिस्सा केन्द्रमै राखेर प्रदेश सरकारलाई कमजोर बनाउन खोजिएको भन्दै प्रदेश सरकार आफैं समृद्ध बन्ने प्रयासमा अग्रसर भएको बताए ।
उनले प्रदेश नम्बर–४ ऊर्जा, वन र पर्यटनका लागि सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भएको बताउँदै यहाँका ११ ओटै जिल्लालाई लाभ पुग्ने गरी प्रदेश सरकारले कार्ययोजना अघि बढाएको उल्लेख गरे ।
मन्त्री लम्सालले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल पार्न पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने स्पस्ट पारे ।
उद्योग, व्यवसायसँगै भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकता दिइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्